जोडिनुहोस
  • होमपेज
  • बडीगार्डलाई छाडेर निस्केका मेजर पण्डित सम्पर्कविहीन

बडीगार्डलाई छाडेर निस्केका मेजर पण्डित सम्पर्कविहीन

काठमाडौं।डोल्पा सदरमुकाम दुनैमा रहेको नेपाली सेनाको नन्द बक्स गुल्मका प्रमुख विमल पण्डित सम्पर्कविहीन भएका छन् ।

पण्डित गएरातिदेखि सम्पर्कविहीन भएपछि सेनासहित नेपाल प्रहरीको टोलीले खोजी गरिरहेको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोख्रेलले जानकारी दिए ।

‘हिजो साँझ सात बजेसम्म सँगै रहेका गुल्मपति पण्डित बडीगार्डलाई छाडेर एक्लै बाहिरिएको र अहिलेसम्म सम्पर्कमा आउनु भएको छैन,’ उनले भने, ‘सेना र प्रहरीको टोलीसहित हामी उहाँको खोजी गरिरहेका छौँ ।’

गुल्मपति पण्डितको मोबाइल सम्पर्क हुन नसकेको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका