जोडिनुहोस
  • होमपेज
  • चेपाङ विद्यार्थीलाई बस्न र खानाको सुविधा

चेपाङ विद्यार्थीलाई बस्न र खानाको सुविधा

काठमाडौं । आँबुखैरेनी गाउँपालिका कार्यालयले कक्षा ११ र १२ मा अध्ययनरत चेपाङ विद्यार्थीलाई खाद्यान्नदेखि कोठा भाडासम्म सुविधा प्रदान गरेको छ ।

घरदेखि विद्यालय टाढापर्ने भएकाले कक्षा ११ र १२ मा बसेर अध्ययन गर्नका लागि खानादेखि आवाससम्मको जिम्मा गाउँपालिकाले लिएको हो । गाउँपालिकाभरी रहेका सीमान्तकृत चेपाङ जातिका बालबालिकालाई कक्षा १२सम्म पूर्णरुपमा निःशुल्क शिक्षा दिने निर्णय यसअघि नै गाउँपालिका कार्यालयले गरिसकेको छ ।

सोही निर्णयअनुरुप विद्यालय तहको पढाइमा चेपाङ बालबालिकाको लागि कापी, कलम, पोशाकलगायतमा सहयोग गर्दै आएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । विद्यालय तहमा पढ्ने बालबालिकाले घरबाट विद्यालय जान र आउन सक्ने भए पनि कक्षा ११ र १२ घरबाट सम्भव नभएकाले गाउँपालिकाले छुट्टै आवास र खानाको सुविधा प्रदान गरेको हो ।

गाउँपालिकाभित्र कम्तीमा साठी जनाको हाराहारीमा चेपाङ जातिका बालबालिका अध्ययनरत रहेको उनले बताए । आर्थिक अवस्था कमजोर भएका कारण पठनपाठनबाट बञ्चित हुन नपरोस भनि गाउँपालिकाले यस किसिमको प्रोत्साहन कार्यक्रम अघि सारेको हो । शिक्षामा निःशुल्क भएसँगै चेपाङ बालबालिकाहरु पछिल्ला समय पढाइतर्फ आकर्षित हुँदै गएका छन् ।

आँबुखैरेनी–५ का राम शाह माध्यमिक विद्यालय कक्षा ११ मा भर्ना भएका विद्यार्थी अमृत चेपाङको सम्पूर्ण खर्च गाउँपालिकाले व्यवस्था गरिदिएको छ । विद्यार्थी अमृतको विद्यालयमा लाग्ने शुल्क, गास र आवास सहितको सुविधा व्यवस्था गरिदिएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए ।

यस क्षेत्रका चेपाङ समुदायका मुख्य आयस्रोत बाँसजन्य सामाग्री निर्माण गरी बिक्रीबाट जीविकोपार्जन गर्दै आएको सो गाउँपालिकाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका