जोडिनुहोस
  • होमपेज
  • नेपालले दियो गुजरातलाई १ सय ८२ रनको लक्ष्य, कुशल र आसिफको उत्कृष्ट साझेदारी

नेपालले दियो गुजरातलाई १ सय ८२ रनको लक्ष्य, कुशल र आसिफको उत्कृष्ट साझेदारी

भारतमा चलिरहेको एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेट शृङ्खलामा नेपालले गुजरातलाई १ सय ८२ रनको लक्ष्य दिएको छ । गुजरातको वापीमा रहेको साई मेघपन मैदान टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन बनायो । नेपालका आसिफ शेखले ८५, कुशल भुर्तेलले ६७ रन बनाए । कुशल र आसिफले पहिलो विकेटका लागि १ सय २५ रनको साझेदारी गरे । बलिङतर्फ गुजरातका जयमीत पटेलले ३ विकेट लिए ।

प्रतियोगितामा पर्सि शुक्रवार नेपाल र बरोडाबीच खेल हुनेछ । हिजो भएको खेलमा नेपालले बरोडालाई २७ रनले हराएको थियो । यसअघि नेपालले आफ्नो पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको थियो । टी–२० क्रिकेट शृङ्खलाको फाइनल खेल आउँदो २५ गते आइतवार हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?