जोडिनुहोस
  • होमपेज
  • एमसीसीविरुद्ध विप्लव नेकपाले घोषणा गर्यो आन्दोलन

एमसीसीविरुद्ध विप्लव नेकपाले घोषणा गर्यो आन्दोलन

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले एमसीसी कार्यान्वयनविरुद्ध पहिलो चरणको आन्दोलनको घोषणा गरेको छ । शुक्रबार बिहान बसेको स्थायी कमिटीको बैठकले भदौ १९-२३ गतेसम्मको संघर्षको कार्यक्रम घोषणा गरेको नेता अनिल शर्माले बताए ।

उनका अनुसार नुवाकोट, तनहुँ, धादिङ, काठमाडौं, मकवानपुर, नवलपरासी रुपन्देही, जिल्लामा अन्तरक्रिया कार्यक्रम राखेको छ ।

यस्तै, असोज १ गतेदेखि १५ गतेसम्म एमसीसीविरुद्ध मार्चपास अभियान सुरू हुने बताए । लप्सेफेदीबाट सुरु हुने अभियान पाल्पामा गएर टुंगिने बताए ।

उनले चारदलीय समाजवादी मोर्चाको विषयमा सामान्य छलफल भएको बताए । ‘पहिलो चरणको कार्यक्रममा अहिले सहभागी छौं । यो सकिएपछि आवश्यकअनुसार निर्णय हुन्छ’, उनले भने ।

‘महासचिव विप्लवले सैन्य रणनीतिअन्तर्गत लैजान दिनुहुँदैन त्यो हो भने हामी मान्दैनौं भनेर प्रधानमन्त्रीलाई भनिसक्नुभएको छ । माधव नेपालजीले पनि सहयोगमात्र हो भनेर बुझेका छौं दायाबाया हो भने स्वीकारिन्न भनिसक्नुभएको छ’, अनिलले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका