जोडिनुहोस
  • होमपेज
  • मन्टेश्वरी प्रि–स्कुलहरुको वृहत भेला सम्पन्न

मन्टेश्वरी प्रि–स्कुलहरुको वृहत भेला सम्पन्न

 पाेखरा–  मन्टेश्वरी प्रिस्कुलहरुको केन्द्रिय संस्था मन्टेश्वरी एसोसीएसन नेपालको आयोजनामा मन्टेश्वरी वृहत भेला (पोखरा २०८०) भाद्र ९ गते पोखराको होटेल रानीबन आर्केड्मा सम्पन्न भएकोछ । सो भेलामा पूर्व झापादेखी पश्चिम बाँके गरी १२ जिल्ला कार्य समितिका पदाधिकारीहरु र स्कुल सञ्चालकहरुको सहभागीता रहेको थियो । हाल मन्टेश्वरीको नाममा विकृति फैलीरहेको, तालिम तथा मन्टेश्वरी पठन सामाग्री नभएको र अन्य पठनपाठन प्रणालीलाई मन्टेश्वरी भनी अभिभावकहरुमा भ्रम पैदा गरिएको बारेमा पनि छलफल भएको थियो । यसलाई निरुत्साहित गर्न यस संस्थाले अग्रज भूमिका खेल्नु पर्ने सहभागीहरुले आवाज उठाएका छन् । शुरुवाती दिनहरुमा केही अप्ठ्याराहरु आइपरे पनि यस्लाई निरन्तरता दिनु पर्ने झापाका अध्य्क्ष्य अखिल कोइरालाले बताउनुभयो ।

करोडौँ लगानी गरी खोलिएका मन्टेश्वरी स्कुलहरुको भविश्य सुनिस्चित गर्न यस्ता विकृतिलाई रोक्नै पर्ने दाबी भक्तपुरका अध्य्क्ष्य धर्मसुन्धर बज्रचार्यले गर्नुभयो । सुन्सरीका अध्य्क्ष्य पार्वती तुम्बाहम्फेले अभिभावकहरुमा सबै प्रिस्कुलहरु मन्टेश्वरी ठान्ने भ्रमको खण्डन गर्नुपर्ने अवस्था आएको र सञ्चालित प्रिस्कुलहरुको छुट्टै पहिचानका लागि पनि विभिन्न कार्यक्रमहरुद्वारा सुचित गर्नुपर्नेमा जोड दिनुभयो । पुरानो शैलीको कक्षा र वातावरणबाट उन्मुक्ति दिलाई हिजो हेपिएका बालबालिकाहरुलाई आज सर्वशुलभ शुल्कमा सञ्चालन गर्न सफल भएका बालमैत्री वातावरणमा सञ्चालित प्रिस्कुलहरुले अब विध्यालयको भौतिक सुधार मात्र नभई मन्टेश्वरी पाठ्यक्रमलाई प्राथमिकता दिनु पर्ने बिचार नेपालगन्जका लोकेन्द्र शाहीले व्यक्त गर्नुभयो । मन्टेश्वरी स्कुल सञ्चालन गर्दा तालिम, मन्टेश्वरी सामाग्री पाठ्यक्रम अनिवार्य गरिनुपर्ने कुरा दाङका दिप्ती राणाको थियो ।

देशैभरीका मन्टेश्वरीको नाममा सञ्चालित प्री-स्कुलहरुले चाहेरपनी बास्तबिक मन्टेस्सरीको अवधारणा नबुझेकोले अब यस संस्थाको पहलमा आवश्यक नीतिहरु निर्माण गरी अगाडि बड्न र सबैले अनुशरण गर्नुपर्ने धारणा पोखरा सुरेश छेत्रीको थियो । यस भेलाले दिएको सरसल्लाह तथा जनादेशको आवश्यकतालाई मनन् गर्दै यस संस्थाले अब केहीदिनमै सम्बन्धित निकायहरुसँगको सहयोग र सहकार्य गर्दै वास्तविक मन्टेश्वरी प्रि-स्कुल सञ्चालनको गुरु योजना बनाइ मन्टेश्वरी तालिमहरुका लागि छेत्रीय तालिम केन्द्रहरु तोकिने निर्णय गरेको छ । त्यस्तै वास्तविक मन्टेश्वरी प्रयोगात्मक सामाग्रीहरुको छनोट गरी सिफारिस गरिने, प्रयोगात्मक शिक्षा प्रनाली लागु गर्न मन्टेश्वरी पाठ्यक्रम लागु गरिने, विभिन्न जिल्ला समितिहरुको सहयोगमा अभिमुखीकरन तालिमहरुको आयोजना गरिने, कार्यक्रमहरुको आयोजना गर्दै देशैभरी वास्तविक मन्टेश्वरी सञ्चालन नीति नियम निर्मार्ण गरी प्रयोगमा ल्याउने र हाल भईरहेको मन्टेश्वरीको दुस्प्रयोगलाई निरुत्साहित गर्ने प्रण गर्न सबैलाई एक्जुट हुन मन्टेश्वरी एसोसीएसन नेपालका अध्यक्ष्य सुश्मा लामाले आह्वान गर्नुभयो । उपाध्यक्ष सञ्जय लामाले हाल विभिन्न विधिमा सञ्चालित प्रि-स्कुलहरु आ-आफ्नो पढाई विधिलाई प्रयोग गर्न र मन्टेश्वरीको भ्रम नछर्न सचेत गर्नुभयो ।

त्यसै चितवनलाई प्रतिनिधित्व गर्दै कृष्ण आचार्यले अबका दिनमा मन्टेश्वरी विधिमा प्रि-स्कुल सञ्चालन गर्न चाहनेहरु सबैले यस संस्थामा जोड्ने कार्यक्रमहरु अवलम्बन गर्न आग्रह गर्नुभयो । पर्यटकीय शहर पोखरामा आयोजना गरीएको मन्टेश्वरी एसोसीएसन कास्कीका तर्फबाट सल्लाहकार कुल बहादुर के.सी.ले आभार व्यक्त गर्नुभयो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका