जोडिनुहोस
  • होमपेज
  • सदरमुकाम उपयुक्त स्थानमा तोक्न सर्वोच्चको परमादेश

सदरमुकाम उपयुक्त स्थानमा तोक्न सर्वोच्चको परमादेश

काठमाडौं । रुकुम पूर्वको सदरमुकाम पुथा उत्तरगङा को ९गोलखाडा० बनाउने तत्कालीन सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएको छ । बुधबार सो रिटमाथि सुनु्वाइ गर्दै सर्वोच्चले मन्त्रिपरिषदको उक्त निर्णय बदर गरि मापदण्डका आधारमा उपयुक्त स्थानमा सदरमुकाम तोक्नु भनी सरकारको नाममा परमादेश समेत जारी गरेको छ ।

२०७४ साल माघ १५ गते तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले रुकुम पूर्वको सदरमुकाम पुथा उत्तरगङा को (गोलखाडा) तोक्ने निर्णय गरेको थियो ।

गोलखाडालाई सदरमुकाम तोक्ने सरकारको निर्णय वैज्ञानिक नभएको भन्दै विरोध भएको थियो । स्थानीय गणेश हमालले सरकारको निर्णय खारेजीको माग गर्दै २०७५ साल फागुन ५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाइ सर्वोच्चमा रिट दायर गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका