जोडिनुहोस
  • होमपेज
  • डार्फर हवाई आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु, सेना प्रमुख टर्की भ्रमणमा

डार्फर हवाई आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु, सेना प्रमुख टर्की भ्रमणमा

सुडान । सुडानी सेनाप्रमुख अब्देल फत्ताह अल बुरहान टर्कीतर्फ प्रस्थान गरेकै दिन युद्धग्रस्त सुडानको पश्चिमी क्षेत्र डार्फरमा बुधबार भएको हवाई आक्रमणमा परी कम्तीमा ४० जना सर्वसाधारणको मृत्यु भएको छ ।

दक्षिण डार्फरको राजधानी न्यालास्थित एक अस्पतालबाट प्राप्त जानकारीमा भनिएको छ, “दुई बजार र शहरका केही क्षेत्रमा भएको हवाई आक्रमणमा परी ४० जना सर्वसाधारणको मृत्यु भएको छ । स्रोतले सुरक्षाको कारण देखाउँदै नाम नखुलाउन आग्रह गरेको थियो ।”

सुडानको दोस्रो ठूलो सहरमा गत महिना युद्ध चर्किएपछि दुई वटा बजारमा हवाई आक्रमण भएको र सर्वसाधारण हताहत भएको प्रत्यक्षदर्शीले यसअघि बताएका थिए ।

सुडानको एक चौथाई जनसङ्ख्या रहेको डार्फरको विशाल क्षेत्र बुरहानका पूर्व डेपुटी मोहम्मद हमदान डाग्लोको नेतृत्वमा नियमित सेना र अर्धसैनिक ¥यापिड सपोर्ट फोर्स ९आरएसएफ० बीच भएको पाँच महिना लामो युद्धमा हजारौँ मानि मारिएका छन् भने लाखौँ विस्थापित बनेका छन् ।
सशस्त्र द्वन्द्व स्थान र घटना तथ्याङ्क परियोजनाको एक अनुमानअनुसार अप्रिल १५ देखि अहिलेसम्म करिब सात हजार ५०० व्यक्तिको मृत्यु भएको छ ।

खार्तूमको भगिनी शहर ओमदुरमानमा १७ जना सर्वसाधारणको मृत्यु भएको एक मेडिकल स्रोतले जानकारी दिएको एक दिनपछि बुधबारको आक्रमण भएको हो । प्रत्यक्षदर्शीहरूले उक्त आक्रमणमा आरएसएफको सम्लग्नता रहेको बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर तुर्कका अनुसार आइतबार दक्षिणी खार्तुममा भएको हवाई आक्रमणमा परी कम्तीमा ५१ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएका थिए ।

सशस्त्र बलले खार्तूमको आकाशलाई नियन्त्रण गरिरहेको छ भने आरएसएफका लडाकूहरूले शहरका सडकहरूमा प्रभुत्व कायम राखेका छन् ।
बुरहानको टर्की भ्रमण अगस्टको अन्त्यपछि पाँचौं विदेश भ्रमण हो । बुरहान आफ्ना पूर्व डेपुटीसँग विनाशकारी शक्ति संघर्षमा वैधताको लागि प्रतिस्पर्धा गरिरहेका छन् ।

सन् २०२१ मा आरएसएफको डाग्लोसँगको सहकार्यमा भएको ‘कू’ को नेतृत्व गरेदेखि नै राष्ट्रप्रमुखको भूमिका खेलिरहेका सेना प्रमुखले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग ‘द्विपक्षीय सम्बन्ध र त्यसलाई बलियो बनाउने उपाय’ बारे छलफल गर्ने बुरहानको कार्यालयले जनाएको छ ।

गत महिनाको अन्त्यसम्म बुरहानलाई आरएसएफले खार्तुमस्थित सैनिक मुख्यालयमा घेराहालेको हाली राखेको थियो ।
रेड सीको तटीय शहर पोर्ट सुडानमा रहेको आफ्नो नयाँ कार्यालयबाट उहाँले इजिप्ट, दक्षिण सुडान, कतार र इरिट्रियाको भ्रमण गरिसक्नुभएको छ ।

सुडान र यसका छिमेकी मुलुकहरूमा लाखौंको मानवीय सहायता आवश्यकता बढ्दै जाँदा हिंसा कम हुने कुनै सङ्केत देखिएको छैन ।
संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार युद्धका कारण ५० लाखभन्दा बढी मानिस विस्थापित भएका छन्, जसमध्ये १० लाख सीमा पार गरेर भागेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका