जोडिनुहोस
  • होमपेज
  • काठमाडौंको गैह्रीगाउँमा चार जनाको हत्या

काठमाडौंको गैह्रीगाउँमा चार जनाको हत्या

काठमाडौँ । काठमाडौँको तीनकुने स्थित गैह्रिगाउँमा हत्या गरिएका चार जनाको सनाखत भएको छ । दिब्य सः मिलमा सुरक्षा गार्डको जिम्मेवारीमा रहेका दोलखाका कुमार भुजेलसहित चार जनाको पहिचान खुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले जानकारी दिए ।

हत्या हुने सुरक्षा गार्ड कुमार पत्नी अम्बिका भुजेल, उनकी आमा करिब ७० वर्षीया सुभद्रा भुजेल र मोरङ घर भएका १९ वर्षीय नवीन राई छन् । उनीहरूको टाउको र शरीरका विभिन्न भागमा धारिलो हतियारको चोट देखिएको छ । कुमार भुजेल करिब ५६ वर्षका छन् ।

शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाउने तयारी गरिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका