जोडिनुहोस
  • होमपेज
  • सीसीटीभीका आधारमा गैरीगाउँ घटनामा संलग्न एक जना प्रहरीको नियन्त्रणमा

सीसीटीभीका आधारमा गैरीगाउँ घटनामा संलग्न एक जना प्रहरीको नियन्त्रणमा

काठमाडौं । गैरीगाउँमा चार जनाको सामूहिक हत्या गरिएको घटनामा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काठमाडौं प्रहरी परिसरबाट खटिएको टोलीले हत्याको मुख्य अभियुक्त हुन सक्ने आशंकामा आइतबार उनलाई नियन्त्रणमा लिएको हो ।

शनिबार राती प्रहरीले घटनाको बारेमा जानकारी गराउन ट्याक्सी चढेर गएका दीपेन्द्र राईलाई नै पक्राउ गरेर अनुसन्धान थालेको थियो । तर, घटना उनले नगराएको हुनसक्ने देखिएपछि आज दोस्रो व्यक्ति पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ ।

पक्राउ परेका यी व्यक्ति घटनास्थलको सीसीटीभी फुटेजमा पहिचान भएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ । रातिको समय घटनास्थलबाट भक्तपुरतर्फ लागेको दृश्य सीसीटीभी क्यामरामा देखिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका