जोडिनुहोस
  • होमपेज
  • आज शहीद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको सम्झना गरिँदै

आज शहीद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको सम्झना गरिँदै

काठमाण्डौं । शहीद सप्ताह अन्तर्गत आज शहीद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दको सम्झना गरिँदैछ । माघ १० गतेदेखि शुरु भएको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आज शोभा भगवतीमा गङ्गालाल र दशरथ चन्द ठाकुरको शालिकमा पुष्पगुच्छा अर्पण गरी सम्झना गरिँदैछ ।

राणा शासनको विरुद्धमा बोलेको र नागरिकलाई प्रजातन्त्रका लागि उक्साएको आरोपमा १९९७ साल माघ १५ गते दशरथ चन्द र गङ्गालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवतीमा मृत्युदण्ड दिइएको थियो । उनीहरुलाई पहिले घुँडाभन्दा तल गोली हानिएको थियो । त्यति गर्दा पनि कायल नभएपछि ज्यान जाने गरी गोली ठोकिएको थियो ।

शहीद सप्ताको पहिलो दिन १० गते शुक्रराज शास्त्रीले सहादत प्राप्त गरेको ठाउँ टेकु पचलीमा तथा दोस्रो दिन अस्ति १३ गते धर्मभक्त माथेमालाई मृत्युदण्ड दिएको ठाउँ सिफलमा स्मरण कार्यक्रम गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका