जोडिनुहोस
  • होमपेज
  • नेपाल आउन लागेका भारतीय विदेश सचिवको यस्तो छ भ्रमण तालिका

नेपाल आउन लागेका भारतीय विदेश सचिवको यस्तो छ भ्रमण तालिका

काठमाडौँ। तीन दिने नेपाल भ्रमणका लागि भारतीय विदेश सचिव विनय मोहन क्वात्रा आज नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आउन लागेका विदेश सचिव क्वात्राले आफनो दुई दिने भेटघाटमा प्रधानमन्त्री, राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्नेछन् । सोमबार र मंगलबार उनले प्रधानमन्त्री देखी राजनीतिक दलका शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम तय भएको छ ।

सोमबार बिहान १०:३० मा काठमाडौँ उत्रने भारतीय विदेश सचिव क्ववात्राले नेपाल भारत सचिवस्तरीय उच्चस्तरीय संयन्त्रमा सहभागी हुनेछन् । सो छलफल पछि परराष्ट्र सचिव पौडेलले उनको सम्मानमा आयोजित लञ्च कार्यक्रममा सहभागी हुनेछन् । परराष्ट्र सचिवले दिएको लन्च पछि भारतीय विदेश सचिवले परराष्ट्र मन्त्री विमला राईसँग द्वि–पक्षीय भेटघाट गर्नेछन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गर्नेछन् । सोमवार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम तय भएको छ । उनी त्यसका लागि बालकोट जानेछन् ।

विदेश सचिव क्ववत्राले मंगलवार भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटघाट गर्नेछन् । मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरे पछि उनी स्वदेश फर्कने कार्यक्रम तय भएको बुझिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका