जोडिनुहोस
  • होमपेज
  • नेपाललाई झड्का, ललितको शल्यक्रिया हुदै

नेपाललाई झड्का, ललितको शल्यक्रिया हुदै

नेपाली क्रिकेट टोलीका प्रमुख बलर स्पिनर ललितनारायण राजवंशी घाईते भएका छन् । चीनमा आयोजना हुने १९औं एसियन गेम्सको लागि भैरहेको बन्द प्रशिक्षणको अभ्यासका क्रममा राजवंशी घाईते भएका थिए । उनको बिहीबार शल्यक्रिया गरिदै छ । राजवंशीको अभावले नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण सदस्य गुमाउने छ । शल्यक्रिया पश्चात उनी कम्तिमा पनि ८ र ९ हप्ता मैदान बाहिर हुनेछन् । उनले एसियन गेम्स गुमाउने छन् । १९ औं एसियाली खेलकुद पुरुषतर्फ २७ सेप्टेम्बर देखी ८ अक्टोबर सम्म चीनमा हुँदैछ । एसियाका पाँच टेस्ट टोली श्रीलंका, भारत, पाकिस्तान, बंगलादेश र अफगानिस्तानले सिधैं क्वाटरफाइनल खेल्नेछन् । समूह ए, बी र सी बाट विजेता टोली क्वाटरफाइनलमा आउनेछन् । समूह ए मा रहेको नेपालले २७ सेप्टेम्बरमा मंगोलिया र १ अक्टोबरमा माल्दिभ्ससँग खेल्नेछ । ललितले २३ ओडिआईमा २८ र १२ टी(ट्वान्टी आईमा १० विकेट लिएका छन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका