जोडिनुहोस
  • होमपेज
  • बालसुधार गृहमा झडपका घटना बढ्यो, बाँकेमा एकको मृत्यु, १० घाइते

बालसुधार गृहमा झडपका घटना बढ्यो, बाँकेमा एकको मृत्यु, १० घाइते

काठमाडौं । पछिल्लो समय देशभरका बालसुधार गृह असुरक्षित बन्दै गएका छन् । भक्तपुर, वीरगन्जपछि बाँकेमा बालसुधारमा झडपका घटना भएका छन् ।

बाँकेको डुडुवा गाउँपालिका–६ स्थित जयन्दु बालसुधार गृहमा झडप हुँदा एकजनाको मृत्यु भएको छ । कपिलवस्तु रुद्रपुरका करिव २१ वर्षीय सुलभ केसीको मृत्यु भएको बाँके प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले जानकारी दिए ।

बिहीबार राति करिब साढे १० बजेबाट भएको झडप दुई बजेसम्म भएको थियो । झडपमा परी १० जना घाइते भएका छन् । घाइतेको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा जुम्लाका कालिबहादुर ऐडी, दाङका राजिव राय केसी लगायत रहेको प्रहरीले जनाएको छ । बालसुधार गृहमा दुई सय ५५ जना छन् । ती सवैले एकसाथ प्रहरीमाथि आक्रमण गरी कार्यालय र सवारीसाधन तोडफोड गरेका छन् । तोड्फोडबाट सुधार गृह र कार्यालय भवनको झ्यालका सिसा फुट्नुका साथै कार्यालयमा रहेका कम्युटरलगायतका उपकरणमा क्षति पुगेको छ । सुधार गृहमा रहेका प्रहरीको सरकारी गाडी र एउटा निजी मोटरसाइकलमा समेत क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

बालसुधार गृहमा रहेका यूवाको समुहले आफूले खाने थाल, कटौरा, गिलास समेत बाहिर फालेका छन् । बाल सुधार गृहमा रहेका केही नाइकेहरु भागेको अनुमान गरिएको छ । घाइतेहरूको नेपालगन्ज मेडिकल कलेज र भेरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बालसुधार गृहमा अहिले पनि प्रहरी तैनाथ रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका