जोडिनुहोस
  • होमपेज
  • धार्मिक राज्य बनाउन सकिँदैन : महासचिव गुरुङ

धार्मिक राज्य बनाउन सकिँदैन : महासचिव गुरुङ

सल्यान— नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले धार्मिक राज्य बनाउन नसकिने बताएको छ । सल्यानमा आयोजित पत्रकार सम्मेलनमा उनले हिंसात्मक र मुलुकलाई द्वन्द्वतर्फ धकेल्न नदिन सरकार गम्भीर रहेको बताए ।

उनले भने ,‘कतिपय प्रतिगामी शक्ति परिवर्तनका मुद्दा उल्ट्याएर मुलुकमा द्वन्द्व पैदा गर्न खोज्ने तत्त्व र सङ्केत देखिएका छन्। जनता राजतन्त्रको पक्षमा छैनन्, केही नारा लागे पनि त्यो विस्थापित हुन्छ। नेपाल धार्मिक राज्य बनाउन सकिँदैन। ’

उनले मुलुकलाई घोर पश्चगामी र प्रतिगामी लैजान नदिइने बताए। ‘अहिले गणतन्त्रको विकल्प छैन। गणतन्त्रलाई सुधार्न सकिन्छ तर उल्ट्याउन सकिँदैन। बरु केही कमजोरी भए सुधारेर समाजवादी गणतन्त्रमा जान सकिन्छ। यो व्यवस्थाका कमी कमजोरी र दलका नेतामा कमजोरी भएपनि सुधारेर जानुपर्छ।’ उनले भने ।

उनले यो व्यवस्थाले सबै किसिमका विचारका लागि खुल्ला रहेको उल्लेख गरे। गुरुङले राजनीतिक कोर्स पूरा भए पनि आर्थिक कोर्स पूरा हुन नसकेको उल्लेख गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका