जोडिनुहोस
  • होमपेज
  • भैरहवामा पट्टाभिषेक महोत्सव सम्पन्न

भैरहवामा पट्टाभिषेक महोत्सव सम्पन्न

सनातन हिन्दु धर्म प्राकृतिक र बैद्दिक दुवैको संगमका रुपमा रहेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् । भैरहवामा आयोजित पट्टाभिषेक महोत्सवमा सहभागि हिन्दु धर्मका महात्मा, सन्त, महन्थहरुले हिन्दु सनातन बैद्दिक धर्म संरक्षणका लागि सम्पुर्ण सनातनीहरु जाग्नु पर्ने बेला आएको बताएका हुन ।

रुपन्देहीको भैरहवामा आयोजित पट्टाभिषेक महोत्सवमा सहभागि हिन्दु धर्मका महात्मा, सन्त, महन्थहरुले हिन्दु सनातन बैद्दिक धर्म संरक्षणमा लाग्नुपर्ने बताएका छन । समारोहमा सारनाथ पिठ बनारस भारतका प्रमुख संरक्षक अनन्त श्री बिभुषित सत्यप्रकाशनन्द सरस्वती महाराज र नेपाल सन्त समाजका अध्यक्ष तथा हरिहर सन्यास आश्रमका प्रमुख ज्ञानानन्द सरस्वती महाराजले स्वामी शान्तानन्द सरस्वती महाराजलाई पिठाधिश घोषणा गरेका थिए । उनलाई पट्टाभिषेक र रुद्राभिषेक सहित श्री १००८ स्वामी महाराजको पदवीले बिभुषित गर्दै भैरहवा संस्कृत बिद्याश्रमको संरक्षक घोषणा गर्दै पदासिन गराइएको थियो । सो अवसरमा बोल्दै सरस्वती महाराजले राजनैतिक दलहरुका कारण सनातनी हिन्दु धर्म संकटमा परेकोले यसको रक्षार्थ एकजुट हुनुपर्ने आवश्यक्ता औल्याए ।

बिगतमा नेपाललाई धर्म निरपेक्षता घोषणा गरेर दलहरुले धोका दिएको उल्लेख गर्दै उनले हिन्दुत्व भनेको धर्म मात्र नभै सत्कर्म र सद्भाव पनि भएको बताए । विवेकानन्द महाराजले गुरुकुलहरुको सवलीकरण र सुधारमा ध्यान दिनुपर्ने आवश्यक्ता औंल्याउदै उहाँले गुरुकुलहरु दयनिय बन्दै गएकोमा चिन्ता ब्यक्त गरे ।
बुढानिलकण्ठ नारायणस्थानका स्वामी निगमानन्द गिरी हिन्दु सनातन बैद्दिक धर्म संरक्षणका लागि सम्पुर्ण सनातनीहरु जाग्नु पर्ने बेला आएको बताए ।

कार्यक्रममा भारतको बनारसस्थित काशी बिश्वनाथ मन्दिरका मुलभट्ट टेकनारायण उपाध्याय, स्वर्गद्धारी बिद्याश्रम प्युठानका महात्मा राजेश्वराय नन्द सरस्वती महाराज, डा. बिश्वनाथ धिताल, रोमणीप्रसाद पाठक, सभाध्यक्ष डिआर शर्मालगाएतले बोल्दै हिन्दु धर्मले अनुशासन, संस्कार र कर्तब्यसमेत सिकाउने भन्दै आयातित धर्महरुले सनातनीहरुलाई संकटमा पारेको भन्दै गुनासो गरेका थिए । परम्तपश्वी ब्रम्हालिन नारायणनन्द स्वामीजी महाराजद्धारा स्थापित तथा बिभिन्न सन्त महात्माहरुको निर्देशन एवं सिद्दहस्तहरुको अथक परिश्रम र सहयोगबाट संचालन भएको संस्कृत बिद्याश्रम भैरहवामा बैद्दिक सनातन धर्म एवं बाङ्गमयको संरक्षण र उन्नयनका लागि निरन्तर प्रयत्नशिल छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका