जोडिनुहोस
  • होमपेज
  • राष्ट्रपतिमा प्रचण्डले कांग्रेसलाई समर्थन गर्नै मिल्दैन : अध्यक्ष ओली

राष्ट्रपतिमा प्रचण्डले कांग्रेसलाई समर्थन गर्नै मिल्दैन : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्नै नमिल्ने बताएका छन् । आफ्नो जन्मदिनका अवसरमा निजी निवास बालकोटमा आयोजित कार्यक्रममा उनले पुस १० गते राष्ट्रपति एमाले पाउने सहमति कार्यान्वयन हुने दावी गरे ।

कांग्रेसको सक्रियतामा पाँचदलीय गठबन्धन बिउँताउन गृहकार्य सुरू भएको चर्चाका बीच प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई समर्थन गर्नुभयो भने गठबन्धन के हुन्छ भन्ने प्रश्नमा उनले भने, ‘उहाँले त्यस्तो गर्दै गर्नुहुन्न । गर्न मिल्दैन । उहाँले हामीसँग पुस १० गते नै सम्झौता गरिसक्नुभएको छ ।’ तर चुनावअघिको गठबन्धन ब्युँताउन कांग्रेस र माओवादीबीच सहमति भइसकेको छ ।

एकीकृत समाजवादी र जसपालाई साथमा राखेर कांग्रेस र माओवादीबीच आजै साझ पाँच बजे छलफल हुँदैछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका