जोडिनुहोस
  • होमपेज
  • क्यानको सचिवमा पारस खड्का र प्रशान्तविक्रम मल्ल भिड्दै

क्यानको सचिवमा पारस खड्का र प्रशान्तविक्रम मल्ल भिड्दै

नेपाल क्रिकेट संघ क्यानको कार्यसमिति सचिवका लागि राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का र प्रशान्तविक्रम मल्लले उम्मेदवारी दर्ता गरेका छन् । पहिलो पटक क्यानमा प्रवेश गरेका पारसले कार्यबहाक सचिवका रुपमा काम गरिसकेका मल्लविरुद्ध उम्मेदवारी दर्ता गराएका हुन् । मतदान आजै गर्ने तयारी निर्वाचन समितिले गरेको छ । क्यानको अध्यक्षलगायत पदाधिकारी भने सर्वसम्मत चयन भइसकेका छन् । अध्यक्षमा चतुरबहादुर चन्द नै दोहोरिएका छन् । उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा पदमबहादुर खड्का निर्विरोध चयन भएका छन् । यस्तै, महिला सदस्यमा जयन्तीदेवि भट्ट, कर्णालीमा श्रीधर केसी र लुम्बिनी प्रदेशमा प्रदिप मजगैया निर्विरोध भएका छन् । चुनाव हुने १७ पदका लागि ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । यसअघि शुक्रबारको साधारण सभाले दुई सदस्य थप्ने भनिए पनि १७ सदस्य समितिकै चुनाव गरिएको हो । आईसीसीबाट अनुमति लिएरमात्र कार्यसमितिमा पद थप्ने निर्णय भएको नवनिर्वाचित कोषाध्यक्ष पदमबहादुर खड्काले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका