जोडिनुहोस
  • होमपेज
  • राहत शिक्षकले आज पनि प्रदर्शन गर्ने

राहत शिक्षकले आज पनि प्रदर्शन गर्ने

राहत शिक्षकहरूले आज पनि आन्दोलन जारी राख्ने भएका छन् । गत शुक्रबार सरकार र नेपाल शिक्षक महासङ्घबीच भएको सहमतिप्रति असन्तुष्ट राहत शिक्षकहरूले आन्दोलन जारी राखेका हुन् । नेपाल राहत शिक्षक केन्द्रीय समिति र पेन्सन बञ्चित शिक्षक केन्द्रीय समितिले हिजो छुट्टाछुट्टै विज्ञप्ति जारी गरी आन्दोलन जारी राख्ने जनाएका हुन् ।

महासंघ र सरकारबीच भएको सम्झौताले आम शिक्षक कर्मचारीको मानमर्दन भएको र सो सम्झौताको विरुद्ध भण्डाफोर गर्दै सम्पूर्ण राहत शिक्षकको स्थायी व्यवस्थापनका लागि आन्दोलन जारी राख्ने राहत शिक्षकको अडान छ । माग पुरा नभएसम्म आन्दोलन जारी रहने नेपाल राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले जानकारी दिए । २०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षक विस्थापित नहुने गरी ऐन बन्नुपर्ने मागलाई सरकारले सुनुवाई नरहेको उनीहरुको भनाइ छ । उनका अनुसार शुक्रबार सरकारसँग भएको सहमतिमा ५० हजार भन्दा बढी राहत शिक्षकहरू असन्तुष्ट रहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका