जोडिनुहोस
  • होमपेज
  • सनराइज बैंक र भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटलबीच सम्झौता

सनराइज बैंक र भारतको इन्द्रप्रस्थ अपोलो हस्पिटलबीच सम्झौता

काठमाडौं : सनराइज बैंकले आफ्ना सम्पूर्ण ग्राहकमाझ अझै उच्चस्तरीय सुविधा दिने क्रममा भारतस्थित इन्द्रप्रस्थ अपोलो हस्पिटलसँग छुट सम्झौता गरेको छ।

सम्झौताअनुसार अब सनराइज बैंकका सम्पूर्ण ग्राहक वर्गले आफ्नो तथा आफ्ना परिवारका सदस्यहरुको उपचारको क्रममा अपोलो हस्पिटल, भारतबाट प्राप्त हुने विभिन्न सेवा सुविधाहरुमा अधिकतम १०% सम्म छुट प्राप्त गर्न सक्नेछन्।

सम्झौतापत्रमा सनराइज बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक श्री रवीनकुमार नेपाल र हस्पिटलका तर्फबाट अन्तर्राष्ट्रिय मार्केटिङका ​​महाप्रबन्धक श्री अजय भारद्वाजले आइतबार हस्ताक्षर गरेका हुन्।

इन्द्रप्रस्थ अपोलो हस्पिटल भारतस्थित एक प्रतिष्ठित अस्पताल हो जसले विभिन्न १४० देशका ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ।

उक्त सम्झौताअनुसार सनराइज बैंकका सम्पूर्ण ग्राहक वर्गले सनराइज बैंकको  डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा साधारण परीक्षणदेखि भर्ना खर्च सम्ममा १०% सम्म छुट पाउनेछन्।

साथै सम्पूर्ण मेडिकल अपोइन्ट्मेन्ट्हरुको समन्वय, विमानस्थलमा ल्याउने–पुर्‍याउनेलगायत अन्य सेवा तथा सुविधाहरुमा अपोलो हस्पिटलअन्तर्गत भारतभरी रहेका ७३ वटै अस्पतालमा यो विशेष छुट प्राप्त गर्न सक्नेछन्।

यस योजनाले सनराइज बैंकका सम्पूर्ण ग्राहक वर्गलाई लाभान्वित बनाउने आशा लिएको छ र साथै भविष्यमा थप सेवा सुविधा ग्राहक माझ ल्याउन सनराइज बैंकले बताएको छ।

भारतमा उपचारको लागि जाने आम नेपालीको लागि लक्षित गरेर सन्राइज बैंकले छुट्टै हेल्थ केयर कार्ड  पनि संचालनमा ल्याइसकेको छ भने अपोलोलगायत विभिन्न भारतीय अस्पतालमा उपचार गर्दा लाग्ने खर्चसमेत सन्राइज स्वास्थ्य योजनाअन्तर्गत शोधभर्ना लिन सकिने बैंकले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका