जोडिनुहोस
  • होमपेज
  • मिटरब्याजी पीडितहरूद्धारा गृहमन्त्रीको राजीनामा माग

मिटरब्याजी पीडितहरूद्धारा गृहमन्त्रीको राजीनामा माग

काठमाडौं : मिटरब्याजी पीडितहरूले गृहमन्त्रीको राजीनामा माग गरेका छन्। मंगलबार शान्ति वाटिकामा उनीहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै विरोध प्रदर्शन गरेका हुन्।

सरकारसँग वार्ता नमिलेपछि पुन: आन्दोलनमा उत्रेका मिटरब्याजी पीडितहरूमाथि सोमबार प्रहरीले लाठी चार्ज र पानीको फोहोरा हानेर बल प्रयोग गरेको थियो। झडपमा परी केही मिटरब्याज पीडित घाइते भएका थिए भने केहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

नवलपरासीलगायत देशका विभिन्न स्थानबाट आएका मिटरब्याजी पीडितहरूसँग सरकारले समिति बनाएर गृह मन्त्रालयमा वार्ता गरेको भए पनि सहमति हुन नसकेपछि मिटरब्याजी पीडितहरूले वार्ता भंग भएको जनाउँदै पुन: आन्दोलन गरिरहेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका