जोडिनुहोस
  • होमपेज
  • राहत शिक्षकको आन्दोलन थप चर्किँदै, महासङ्घले गरेको सहमतिमा असन्तुष्टि

राहत शिक्षकको आन्दोलन थप चर्किँदै, महासङ्घले गरेको सहमतिमा असन्तुष्टि

काठमाडौं । प्रस्तावित शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै विद्यालय बन्द गरेर काठमाडौँमा आन्दोलन गर्न आएका शिक्षकहरूसँग सरकारले ६ बुँदे सहमति गरे पनि राहत,पेन्सन वञ्चित शिक्षक, माध्यामिक शिक्षक युनियनमा आबद्धलगायत शिक्षकहरूले भने आन्दोलन जारी राखेका छन् ।

राहतलगायत शिक्षकहरूले भने आफ्ना मागहरू अझै पूरा नभएको भन्दै आन्दोलन जारी राखेका हुन् ।

शुक्रवार सरकारसँग महासङ्घले गरेको सहमतिमा असन्तुष्टि जनाइरहेका उनीहरूले आइतबार पनि माइतीघरमा प्रदर्शन गरेका छन् ।

राहत शिक्षक लाई स्थायित्व गर्नुपर्ने, पेन्सन वञ्चित शिक्षकहरू लाई शिक्षा ऐन २०८२ बमोजिम पेन्सनको व्यवस्था गर्नुपर्ने, इसिडि शिक्षक स्थायी गर्नुपर्ने सम्पूर्ण शिक्षक र शिक्षिकालाई पेन्सनको व्यवस्था गर्नुपर्ने लगायतका मागहरू राखी विरोध प्रदर्शन गरेका छन् ।

माइतीघर देखि वानेश्वर सम्म र्‍याली सहित आन्दोलन चर्काइरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका