जोडिनुहोस
  • होमपेज
  • सरकारले दसैंका लागि तीन हजार खसी–बोका र च्यांग्रा ल्याउने

सरकारले दसैंका लागि तीन हजार खसी–बोका र च्यांग्रा ल्याउने

काठमाडौं – सरकारले दसैंलाई लक्षित गरी काठमाडौं उपत्यकाका लागि तीन हजार खसी–बोका र च्यांग्रा ल्याउने भएको छ। सरकारी स्वामित्वको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले बजार मूल्य नियन्त्रण गर्न खसी–बोका र च्यांग्रा ल्याउने भएको हो।

विभिन्न स्थानबाट दुई हजार खसी–बोका र एक हजार च्यांग्रा ल्याइने कम्पनीकी प्रवक्ता शर्मिला सुवेदीले जानकारी दिइन्। दसैंका लागि सो परिमाणको खसी–बोका र च्यांग्रा ल्याउन ८ करोड ३३ लाख बजेट छुट्याइएको छ।

अहिले कम्पनीले खसी–बोका र च्यांग्रा खरिद गर्ने ठाउँहरूबारे अध्ययन गरिरहेको छ। ‘हामीले उपलब्ध हुने ठाउँ, मूल्यबारे अध्ययन गर्न सम्बन्धित कार्यालयलाई पनि पत्राचार गरेका छौं, उनले भनिन्। कम्पनीले ल्याएको खसी–बोका र च्यांग्रा फुलपातीदेखि केन्द्रीय कार्यालयबाटै बेचिने छ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका