जोडिनुहोस
  • होमपेज
  • नेप्से १८ दशमलव ६० अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

नेप्से १८ दशमलव ६० अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । साताको चौथो कारोबार दिन बुधबार बजार परिसूचक नेप्से १८दशमलव ६० अंकको गिरावट हुँदा २००४ दशमलव ३० को विन्दुमा बन्द भएको छ । मंगलबार २०२२दशमलव ९१ को विन्दुमा बन्द भएको नेप्से बुधबार ‘इन्ट्रा–डे’ कारोबारमा २ हजारको विन्दुबाट झरेर १९९३ दशमलव ४६ मा पुगेको थियो । तर, अन्तिम समयमा केही सुधार हुँदै ० दशमलव ९१ प्रतिशतले घटेर २ हजारको विन्दु माथि नै बन्द भएको हो ।

बुधबार नेप्सेका सबै उपसूचका गिरावट हुँदा नेप्से परिसूचक पनि घटेको हो । लगातार रुपमा बढीरहेको हाइड्रोपापावर उपसूचक बुधबार भने भने सर्वाधिक गिरावट भएको हो । हाइड्रोपावर उपसूचक १ दशमलव ५१ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी उपसूचक १ दशमलव ४२ प्रतिशत, व्यापार उपसूचक १ दशमलव ४१ प्रतिशत र विकास बैंक उपसूचक १ दशमलव ३८ प्रतिशतले गिरावट भएको हो । बुधबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । मंगलबार २ अर्ब नाघेको कारोबार रकम बुधबार भने १ अर्ब ८१ करोड ४४ लाखको कारोबार भएको हो । ५८ हजार ३६७ वटा कारोबारमा ७० लाख ६१ हजार ४०४ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो । जसमध्ये सन् नेपाल लाइफ इन्स्योरेन्सको सेयर सर्वाधिक ७ करोड ६२ लाख रुपैयाँ बराबरको कारोबार हुँदा एनआईसी एशिया बैंकको ६ करोड १९ लाख र रिलायबल लाइफ इन्स्योरेन्सको ५ करोड ८४ लाखको कारोबार भएको छ ।

बुधबार नेप्सेमा कुल २३० सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ । १९३ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै ३४ कम्पनीको सेयरमूल्य वृद्धि हुँदा ३ कम्पनीको स्थिर छ । बुधबार कारोबार भएकामध्ये मनकामना इन्जिनियरिङ हाइड्रोपावरको सेयरमूल्य ९।९० प्रतिशतले वृद्धि हुँदा एशियन हाइड्रोपावरको सेयरमूल्य ७ दशमलव ९१ प्रतिशत र मोलुङ हाइड्रोपावरको सेयरमूल्य ७ दशमलव ६० प्रपतिशतले वृद्धि भएको छ । लक्ष्मी भ्यालु फण्ड २ को इकाइमूल्य १० प्रतिशतले गिरावट हुँदा शुभम् पावर कम्पनीको सेयरमूल्य ९दशमलव ९९ प्रतिशत र हिमालयन ऊर्जा विकास कम्पनीको सेयरमूल्य ७ दशमलव ६३ प्रतिशतले घटेर बन्द भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका