जोडिनुहोस
  • होमपेज
  • एनआईसी एशिया बैंकको ठगी धन्दा, सेवाग्राहीसँग खाली चेक लिएर ठगी

एनआईसी एशिया बैंकको ठगी धन्दा, सेवाग्राहीसँग खाली चेक लिएर ठगी

काठमाडौं – रौतहटको गरूडा बजारस्थित एनआईसी एशिया बैंकका शाखा प्रबन्धक आमोद गुप्ताविरूद्ध प्रहरीमा ठगीसम्बन्धी निवेदन परेको छ।

उजुरीकर्ताहरु सबै बैंकका सेवाग्राही हुन् । उनीहरुले प्रबन्धक गुप्ताले आफुहरुसँग खाली चेक लिएको र पछि सोही चेकबाट अनधिकृतरुपमा रकम निकालेको दाबीगर्दै उजुरी दिएका हुन् ।

जिल्ला प्रशासन कार्यालय रौतहटमा तीन जनाले दिएको उजुरीमा ऋण स्वीकृत र कर्जा प्रवाह गरेबापत शाखा प्रबन्धक गुप्ताले जय बाबा वैद्यनाथ एग्रिकल्चर कम्पनी प्रालि चन्द्रपुर नपा १०, अशोका एग्रिकल्चर दुर्गा भगवती गाउँपालिका १ र अम्बे कृषि फर्म चन्द्रपुर ८ का प्रोप्राइटरसँग सापटी भन्दै २ करोड ५ लाख रुपैया ७ महिना अघि लिएर फिर्ता नगरेको उल्लेख छ ।

सर्लाही बरहथवा नगरपालिका १० सुन्दरपुर चोहर्वामा रहेको ४ बिगाह १७ कटठा जमिन अशोक कुमार साहले एनआइसी एशिया बैैकमा धितो राखी ४ करोड ७५ लाख ऋण स्वीकृत गराएका थिए। कृर्षि प्रयोजनको लागि गत माघमा सहुलियतपूर्ण ऋण स्वीकृत गरेपछि शाखा प्रबन्धक गुप्ताले अशोका एग्रिकल्चर दुर्गा भगवती १ का प्रोप्राइटर अशोक कुमार साहसँग नौ वटा खाली चेकमा सही गराएर लिएको दाबी उजुरीमा गरिएको छ । सोही चेकहरूबाट रकम निकालेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

२०७९ चैत्र १७ गते चेक नम्बर ५७९६०१८१ बाट बैकका सेक्युरिटी गार्ड धर्मेन्द्र कुमार महतोको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१८५ बाट सञ्जय यादवको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१८३ बाट सचिन श्रीवास्तवको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१७७ बाट पाना देवीको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१८२ बाट राम बच्चु राउतको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१७८ बाट आरएन कुमार साहको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ५७९६०१८४ बाट आशा देवीको नाममा ५ लाख ३४ हजार झिकेको अनुसन्धानमा देखिएको छ ।

शाखा प्रबन्धक गुप्ताले ८५ लाखभन्दा बढी रकम झिकेको प्रहरी स्रोतले बतायो ।

यसै गरी जय बाबा वैद्यनाथ एग्रिकल्चर कम्पनी प्रालि चन्द्रपुर १० को नाममा रहेको चन्द्रपुर १० डुमरियाको २५ कटठा र चन्द्रपुर ९ को घरसहितको २ कटठा ५ धुर जमिन धितो राखेर ३ करोड २० लाख ऋण स्वीकृत गर्दा प्रोप्राइटर पुष्पनाथ साहका छोरा राकेश साहसँग ७० लाख रकम राख्न लगाई ८ वटा खाली चेक लिएर प्रबन्धक गुप्ताले चेक नम्बर ४९००५३६४ बाट रामसिैह राय यादवको नाममा ९ लाख ९० हजार, चेक नम्बर ५९००५३६२ बाट मनिषा देवी साहको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३५९ बाट शेख जहुर हकको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३६१ बाट दुर्गा कुमारी सोनीको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३५८ बाट काशी सहनीको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३६३ बाट माधव प्रसाद साह कल्वारको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३६५ बाट गैरी देवीको नाममा ९ लाख ९५ हजार, चेक नम्बर ४९००५३६० बाट टैट सहनीको नाममा ३६ हजार निकालेको अनुसन्धानमा खुलेको छ ।

बैंकबाट ऋण लिएका ऋणीले शाखा प्रबन्धक गुप्तासहित बैंकका कर्मचारीले ठगी गरेको भन्दै जिल्ला प्रशासन कार्यालयमा परेको निवेदन अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा आएको प्रहरी उपरीक्षक ९एसपी० महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

धितोमा ऋण लिएका ऋणीको रकम आफैंले निकालेर अपचलन गरेको आरोपमा शाखा प्रबन्धक गुप्तालगायत बैंकका कर्मचारीविरूद्ध ठगी गरेको भन्दै प्रहरीमा निवेदन परेको हो।

गुप्तासहितका बैंकका कर्मचारीले कृषि सहुलियत ऋण स्वीकृत गरेपछि ऋणीसँग खाली चेकमा हस्ताक्षर गराएर बैंकका कर्मचारीलगायतका व्यक्तिको नाममा रकम निकालेको आरोप छ।

एसपी श्रेष्ठका अनुसार यसबारे अनुसन्धान सुरू गरिएको छ। ‘ठाडो निवेदन परेको छ। अनुसन्धान हुँदैछ। प्रारम्भिक अनुसन्धानमा ऋणी र बैंकबीचको कारोबार नमिलेको जस्तो देखिन्छ,’ एसपी श्रेष्ठले पर्दाफाससँग भने।

कार्यालयका डीएसपी दामोदर केसीले एक जना पीडितको निवेदन आएको र त्यसमा अनुसन्धानको प्रक्रिया अघि बढाइएको बताए। उनका अनुसार यस सम्बन्धमा अनुसन्धानका लागि शाखा प्रबन्धक गुप्तालाई प्रहरी कार्यालय बोलाएर सोधपुछ गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका