जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री र यूएनका उपमहासचिवबीच भेट

प्रधानमन्त्री र यूएनका उपमहासचिवबीच भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्रसंघको कार्यसञ्चालन सहयोग विभागका उपमहासचिव अतुल खरबीच भेटवार्ता भएको छ ।

खरेले बिहीबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । उनीहरूबीच द्विपक्षीय साझेदारीलाई थप मजबुत बनाउने विषयमा छलफल भएको यूएन कार्यालयले जनाएको छ ।

खरे नेपाल र यूएनको संयुक्त आयोजनामा काठमाडौंमा भएको सातौं शान्ति स्थापना अन्तर्राष्ट्रिय गोष्ठीमा सहभागी हुन काठमाडौं आएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका