जोडिनुहोस
  • होमपेज
  • बिमानस्थल जग्गा प्रकरणः मिश्रालाई मुआब्जा नदिने निर्णय

बिमानस्थल जग्गा प्रकरणः मिश्रालाई मुआब्जा नदिने निर्णय

रुपन्देही। भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलको रन-वे सहितको विबादित झण्डै ५ बिघा जग्गाको मुआब्जा नदिने निर्णय गरिएको छ ।

जिल्ला मुआब्जा निर्धारण समितिको आज बसेको बैठकले विमानस्थलको रन-वे तथा पर्खालभित्र रहेको विवादित जग्गाको मुआब्जा नदिने निर्णय गरिएको रुपन्देहीका प्रमुख जिलला अधिकारी गणेश प्रसाद अर्यालले जानकारी दिए ।

भूमाफियाको योजनामा मालपोत कार्यालय रुपन्देहीका प्रमुख मालपोत अधिकृत कुमार आर्चाय सहितको टिमले बिमानस्थल भित्रको जग्गा ४ बिघा १७ कठ्ठा ६ धुर जग्गा सिद्धार्थनगर ५ का पर्वतराज कान्त मिश्राको नाममा दर्ता गरेको थियो ।

मालापोत कार्यालयले हदबन्दीका कारण फिल्ड बुकमा भए पनि कसैको नाममा दर्ता नरहेको उक्त जग्गा २०८० बैशाख ८ गते मिश्राको नाममा दर्ता गरेको थियो ।

प्रमुख जिल्ला अधिकारी अर्यालले जग्गा दर्ता गर्ने सम्बन्धमा मालपोत कार्यालयले बिधि, प्रक्रिया, क्षेत्राधिकार, ऐन र कानुन कुनै ख्याल नै नगरी दर्ता गरिएको पाईएकाले मुआब्जा नदिने निर्णय गरिएको बताए ।

सिद्धार्थनगर नगरपालिका–५ का मिश्रको नाममा मालपोतले जग्गा दर्ता गरिदिएपछि मिश्राले गत बैशाख २७ गते मुआब्जा माग गर्दै गौतमबुद्ध विमानस्थल आयोजना कार्यालयमा मुआब्जा माग गर्दै निवेदन दिनुभएको थियो । त्यसपछि घटना बाहिरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी अर्यालको अध्यक्षतामा बसेको बैठकमा मालपोत अधिकृत ऋषिराम पौडेल, सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्याल, विमानस्थल आयोजना प्रमुख ई। प्रवेश अधिकारी सहभागी थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका