जोडिनुहोस
  • होमपेज
  • बझाङ भूकम्प अपडेटः ६ जना घाइते, राजमार्ग अवरुद्ध

बझाङ भूकम्प अपडेटः ६ जना घाइते, राजमार्ग अवरुद्ध

बझाङ – भूकम्पका कारण बझाङमा छ जना घाइते भएका छन् । आज मङ्गलवार दिउँसो चैनपुर केन्द्रविन्दु भएर आएको भूकम्पका कारण छ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सत्यवादी मावि भोपुरका चार विद्यार्थीसहित पाँच जना र केदारस्युँ गाउँपालिकाका एक जना गरी छ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) दिपेश चौधरिले जानकारी दिनुभयो । घाइतेहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

भूकम्पका कारण पहिरो गएपछि जयपृथ्वी राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ । राजमार्गका ठाउँठाउँमा पहिरो जाँदा गाडी आवतजावत रोकिएको छ । भूकम्पको विस्तृत विवरण आउन बाँकी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका