जोडिनुहोस
  • होमपेज
  • सर्वोच्च पुगेकी भारती परिसरमै वेहोस

सर्वोच्च पुगेकी भारती परिसरमै वेहोस

काठमाडौं । रिगल नामले चिनिएका योगराज ढकालको कैद मिनाहविरुद्ध अनसन थालेकी भारती मानन्धर सर्वोच्च अदालत परिसरमै ढलेकी छन् ।

संविधान दिवसको दिन राष्ट्रपति रामचन्द्र पौडेलले भारती मानन्धरको श्रीमान चेतन मानन्धरको हत्यामा दोषी ठहर भएका रिगलको कैद मिनाहा गरिदिएपछि हत्यामा आरोपित रिगललाई कैद मिनाह गर्न नहुने भन्दै राष्ट्रपतिको निर्णयविरुद्ध दिएको रिटको तारेख लिन उनी सर्वोच्च पुगेकी थिइन् ।

तारेख बुझेर फर्किने क्रममा उनी अदालत परिसरमै ढलेकी हुन् । अदालत अगाडी तनावले ढलेपछि उनलाई प्रहरीले उठाएर स्वास्थ्य परिक्षणका लागि अस्पताल पठाइएको छ । केही दिनअघि उनले रिपोर्टस क्लबमा रिगललाई पुःन जेलमा पठाएर पिडितलाई सरकाले न्याय दिनुपर्ने भन्दै सहन नसक्नेगरि समवेदना व्यक्त गरेकी थिइन् ।

उनले आफ्ना गुनासो सरकारलाई सुनाउँदै नेपालमा कानुनका सबैलाई बराबरी नभएको गुनासो गरेकी थिइन् । उनले बुधबारदेखि माइतीघर मण्डलामा दुई घन्टे रिले अनसन समेत थालेकी छिन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका