जोडिनुहोस
  • होमपेज
  • शिक्षामन्त्री राईले संसदमा भने – शिक्षकका जायज माग पूरा हुन्छन्

शिक्षामन्त्री राईले संसदमा भने – शिक्षकका जायज माग पूरा हुन्छन्

काठमाडौं।शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले आइतबार संसदमा बोल्दै शिक्षकका जायज माग पूरा हुने बताएका छन् । विद्यालय शिक्षासम्बन्धी विधेयक, २०८० का विषयमा संसदले सोधेको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

उनले जवाफ दिने क्रममा अर्थतन्त्रले धान्ने र संविधानले मान्ने सीमाभित्र बसेर माग गर्न सरकार प्रतिबद्ध रहेको बताए । संसदमा विधेयक दर्ता पूर्व र पछि शिक्षकसँग वार्ता र सहमति भए पनि आन्दोलन भएको उनको भनाइ थियो ।

उनले विधेयक फिर्ता लिएर परिमार्जनमा जानुभन्दा संसदीय प्रक्रियामार्फत संशोधन जानु उपयुक्त हुने बताए । अधिकांश सांसदले विधेयक परिमार्जन गर्नुपर्ने बताएका थिए ।

शिक्षामन्त्री राईले सरोकारवालासँग गरेको छलफलमा उठेका मागलाई संसदमा पुर्‍याउने प्रतिबद्धता गरेको ‍ जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका