जोडिनुहोस
  • होमपेज
  • गृहमन्त्री रवि लामिछानेले सूर्यदर्शन सहकारीमा नक्कली खाता खोलेको गगनको खुलासा

गृहमन्त्री रवि लामिछानेले सूर्यदर्शन सहकारीमा नक्कली खाता खोलेको गगनको खुलासा

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगन कुमार थापाले गृहमन्त्री रवि लामिछानेले पोखराको सूर्यदर्शन सहकारीमा नक्कली खाता खोलेको खुलासा गरेका छन् ।

आज ९सोमबार० प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले उक्त सहकारीका करिब १९ हजारभन्दा बढी बचतकर्ताहरु ठगिएको उनको बताए । उक्त सहकारीबाट एक अर्ब ३५ करोडभन्दा माथि पैसा अपचलन भएको उनले बताए ।

सांसद थापाले उक्त सहकारी घोटला प्रकरणमा पोखरा महानगरपालिकाले अध्ययन गरेर प्रतिवेदन तयार गरेको बताए । प्रतिवेदनमा एक सय जना मानिसहरुले नक्कली खाता खोलेर उक्त पैसा अपचलन गरेको उल्लेख रहेको उनले बताए । प्रतिवेदनको ७८ पेजमा नक्कली खाता खोल्ने मध्येको एउटा नाम रवि लामिछाने उल्लेख गरेको उनले बताए ।

‘पोखरा महानगरपालिकाले अध्ययन गर्यो । ८९ पेजको रिपोर्ट निकाल्यो । रिपोर्टमा सय जना मानिसहरुले नक्कली खाता खोलेर करिब–करिब एक अर्ब ३५ करोड रुपैयाँ अपचलन गरेका छन् । त्यो रिपोर्टको ७८औं पृष्ठमा के भन्छ भने यसरी नक्कली खाता खोल्ने मध्येको एउटा नाम हो रवि लामिछाने,’– उनले भने ।

यसरी रविलाई छोडिदिने हो भने सबैलाई छाड्नुपर्ने उनको भनाइ छ । ‘सरकार यो गर्न तयार हो रु’ भनी उनले प्रश्न गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका