जोडिनुहोस
  • होमपेज
  • इजरायलमा रहेका नेपालीको उद्धार गरी नेपाल ल्याउन सरकारलाई कांग्रेसको आग्रह

इजरायलमा रहेका नेपालीको उद्धार गरी नेपाल ल्याउन सरकारलाई कांग्रेसको आग्रह

काठमाडौं । नेपाली कांग्रेसले इजरायलमा रहेका नेपालीहरूलाई तत्काल उद्धार गरी सुरक्षित रूपमा स्वदेश फिर्ता गर्न सरकारलाई आग्रह गरेको छ । मङ्गलबार नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बसेको कांग्रेस संसदीय दलको बैठकले इजरायलमा रहेका नेपालीहरूलाई सुरक्षित रूपमा स्वदेश फर्काउन सरकारलाई आग्रह गरेको हो ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक रमेश लेखकले नेपाल आउन चाहाने नागरिकहरूलाई तत्काल उद्धार गरेर सुरक्षित स्वदेश फिर्ताको लागि आवश्यक व्यवस्था मिलाउन सरकारलाई आग्रह गरिएको बताए । यस्तैगरी, युद्धमा परि बेपत्ता भएका नेपाली नागरिकहरूलाई खोजी गरेर उहाँको स्थितिलाई सार्वजनिक गर्न पनि आग्रह गरिएको छ । बैठकले इजरायलमा जोखिममा परेका मानिसहरूलाई उद्धार गरेर सुरक्षित स्थानमा राख्न, खान, बस्नको उचित व्यवस्था गर्न र हत्या भएका विद्यार्थीहरूको पार्थिव शरीरलाई तत्काल नेपाल ल्याएर परिवारजनलाई बुझाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ ।

‘‘आजको बैठकबाट १० जना हत्या भएका नेपाली विद्यार्थीहरूमा श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेका छौँ । उहाँहरूको परिवारलाई समवेदना व्यक्त गरेका छौँ । सरकारको केही विषयमा ध्यानाकर्षण गराएका छौँ, जोखिममा परेका मानिसहरूलाई उद्धार गरेर सुरक्षित स्थानमा राख्ने, उनीहरूका लागि खान, बस्न उचित व्यवस्था गर्ने, हत्या भएका १० जना होनाहार नेपाली विद्यार्थीको पार्थिव शरीरलाई तत्काल नेपाल ल्याउने र परिवारजनलाई बुझाउने ।

,’’ प्रमुख सचेतक लेखकले भन्नुभयो, ‘‘यसका साथसाथै जो मानिसहरू बेपत्ता भएको अथवा सम्पर्कमा नरहेको अवस्था छ, तत्काल उहाँहरूको खोजी गरेर उहाँको स्थितिलाई सार्वजनिक गर्ने र नेपाल आउन चाहने नागरिकहरूलाई तत्काल उद्धार गरेर सुरक्षित स्वदेश फिर्ताको आवश्यक व्यवस्था मिलाउनका लागि आजको बैठकले सरकारलाई ध्यानाकर्षण गराएको छ ।’’बैठकले हत्या भएका नागरिकहरूलाई श्रद्धाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका