जोडिनुहोस
  • होमपेज
  • मौसमः यी पाँच प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

मौसमः यी पाँच प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं।हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश र लुम्बिनी प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ । दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा मधेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राती देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । यो वर्षको मनसुन बाहिरिनेक्रम जारी छ ।

कर्णाली प्रदेशको सम्पूर्ण भूभाग, लुम्बिनी प्रदेशको अधिकांश भूभाग तथा गण्डकी प्रदेशको पश्चिम भूभागबाट पनि यो वर्षको मनसुन बुधबार बाहिरिएको छ ।

सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका अधिकांश भूभाग र लुम्बिनी प्रदेशको पश्चिमी भूभागबाट भने मनसुन यसअघि नै बाहिरिएको थियो । पूर्वी तथा मध्यभागमा मनसुनी वायुको आंशिक प्रभाव बाँकी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका