जोडिनुहोस
  • होमपेज
  • छेडागाड नपाको खर्चमा व्यक्तिगत घरमा जोडिएको इन्टरनेट काटियो

छेडागाड नपाको खर्चमा व्यक्तिगत घरमा जोडिएको इन्टरनेट काटियो

जाजरकोट । छेडागाड नगरपालिकाका कर्मचारीले पालिकाकै रकमबाट व्यक्तिगत रुपमा चलाइरहेको इन्टरनेट सेवा बन्द गरिएको छ ।

यसरी ११ ठाउँमा जोडिएका व्यक्तिगत इन्टरनेट सेवाहरु नयाँ प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले बन्द गराइदिएका हुन् ।

अब पालिका भित्र नगरप्रमुख रत्नबहादुर खड्का, उपप्रमुख चन्द्र थापा, लेखा शाखा, प्रमुख प्रशासकीय अधिकृत बाहेक अन्य ठाउँमा इन्टरनेट सेवा नचल्ने भएको छ । पालिकाको खर्चमा व्यक्तिगत प्रयोजनका लागि सरकारी रकमबाटै इन्टरनेट चलाएर मासिक भारी रकम खर्च हुँदै आएको थियो । अब इन्टरनेटमा मात्र झण्डै १० लाख भन्दा बढी बचत हुने भएको छ । सबै निजी रुपमा चलाइरहेका कर्मचारीबाट राउटर फिर्ता मागिएको छ ।

खाजा ,नास्ताका लागि असोज २९ गते सूचना प्रकाशित गरिएको छ । सस्तोमा जसले नगरपालिकालाई नास्ता उपलब्ध गराउँछ ,उसैले नास्ता उपलब्ध गराउने गरी खुल्ला प्रतिस्पर्धाबाट काम हुने प्रमुख प्रशासकीय अधिकृत डाँगीले बताए । कर्मचारीले जथाभावी गरिरहेको इन्धन सेवालाई समेत कडाइका साथ लिई कुपन सेवा उपलब्ध गराएको छ । मदिरा सेवन गरी हो हल्ला गर्ने बिकृती बढेकोले त्यसलाई रोक्न सामुहिक प्रतिबद्धता समेत गराएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका