जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आइतबार दिउँसो भेटवार्ता भएको हो ।

मुख्यसचिव डा वैकुण्ठ अर्याल र परराष्ट्र सचिव भरतराज पौड्यालले महासचिव गुटेरेसलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्वागत गरे ।

नेपालको चार दिने भ्रमणमा आइपुगेका गुटेरेस र प्रधानमन्त्री प्रचण्डबीच शान्ति प्रक्रियाका बाँकी कामबारे कुराकानी भएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।

माओवादी जनसेना व्यवस्थापन गर्न संयुक्त राष्ट्रसंघले खेलेको भूमिकाका विषयमा पनि प्रचण्डले महासचिवसमक्ष प्रशंशा गरेका थिए।नेपालको शान्ति, स्थायित्व र आपसी हितका विषयमासमेत कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

यसअघि गुटेरेसले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदलाई सिंहदरबारमै भेटवार्ता गरिसकेका छन् ।

प्रधानमन्त्री प्रचण्डसँगको भेटपछि गुटरेसले संसद भव नयाँ बानेश्वरमा पुर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा र केपी शर्मा ओलीसँग पनि छुट्टा छुट्टै भेटवार्ता गर्दैछन् ।

त्यस्तै,उनी आज ललितपुरस्थित पाटन दरबार क्षेत्र भ्रमणका लागि जानुहुने जनाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका