जोडिनुहोस
  • होमपेज
  • ‘पेन्टर र सरसफाइकर्मीमा सिसाको मात्रा बढी’

‘पेन्टर र सरसफाइकर्मीमा सिसाको मात्रा बढी’

काठमाडौँ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले रङरोगन गर्ने पेन्टरको रगतमा लेड (सिसा) अत्यधिक मात्रामा पाइएको जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले अध्ययनले सरसफाइकर्मी र पेन्टरको रगतमा लेड (सिसा) बढी भएको देखाएको बताए। उनका अनुसार बालबालिका, प्रजनन समूहका वयष्क मानिस, केही आयुर्वेदिक औषधि सेवन गर्ने बिरामीमा पनि रगतमा लेड (सिसा) पाइएको छ।

सिसा एक प्रकारको रसायन हो, जुन सजिलै नपग्लने र मानिसको शरीरमा नपच्ने खालको हुन्छ।

मानिसलाई आवश्यकभन्दा बढी सिसा रहेको अध्ययनले देखाएको उनले बताए। पेन्टस्, सौन्दर्य साधन, रङ्गीचङ्गी खेलौना, चाउचाउ र केही दर्ता नगरिएका आयुर्वेदिक औषधिमा लेड ९सिसा० पाइने गरेको उनले बताए। लेडको विषाक्तताबाट जोगिन मन्त्रालयले सबैलाई अनुरोध गरेको छ।

सरकारले लेड ९सिसा०को विषबाट बच्नका लागि जनचेतना जगाउन सचेतना सप्ताह मनाएको छ। सिसा बिजुलीको तेल, श्रृङ्गारका सामग्री, घर रङ्गाउने पेन्टमा प्रयोग गरिन्छ। यस्तै आयुर्वेदिक औषधि भन्दै झोल औषधिमा पनि बढी सिसा पाइने गरेको मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले जानकारी दिए।

लेड ९सिसा०को विषले मानिसलाई मस्तिष्क, स्नायु र मानिसको व्यवहारमा असामान्य बनाउने गर्दछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका