जोडिनुहोस
  • होमपेज
  • युएईलाई हराउँदै नेपाल टी–२० विश्वकपमा छनोट

युएईलाई हराउँदै नेपाल टी–२० विश्वकपमा छनोट

काठमाडौं । नेपाल युएईलाई हराउँदै टी–२० विश्वकपमा छनोट भएको छ । शुक्रबार मूलपानीमा भएको खेलमा नेपालले युएईलाई आठ विकेटले पराजित गरेको हो । नेपालको जितमा आसिफ शेख नायक बने ।

उनले उनले ५१ बलमा ६४ रन बनाए । कप्तान रोहित पौडेलले २० बलमा ३५ रन बनाए । नेपाल र ओमानबीच फाइनल खेल हुनेछ ।

यसअघि युएईले टस जितेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ९ विकेट गुमाउदै १३४ रन बनाएको थियो ।

एशिया क्षेत्रको छनौटमा नेपाल र ओमान फाइनलमा पुगेसँगै विश्वकपमा छनौट भएका छन् ।

योसँगै वेस्टइन्डिज र अमेरिकामा हुने २०२४ को विश्वकपमा खेल्ने १८ देशको टुंगो लागेको छ ।

आयोजकको हिसाबले अमेरिका र वेस्टइण्डिज स्वतस् छनौट भएका छन् भने अघिल्लो विश्वकप खेलेका अस्ट्रेलिया, इङल्याण्ड, भारत, पाकिस्तान, नेदरल्याण्डस, न्यूजील्याण्ड, दक्षिण अफ्रिका र श्रीलंका गरी ८ देश स्वतस् छनौट भएका छन् । त्यसैगरी टी(२० वरियताको आधारमा अफगानिस्तान र बंगलादेश पनि स्वतस् छनौट भएका छन् ।

त्यस्तै युरोपको क्वालिफायरबाट आयरल्याण्ड र स्कटल्याण्ड छनौट भएका छन् भने इस्ट एसिया प्यासिफिक क्वालिफायरबाट पीएनजी र अमेरिका क्वालिफायरबाट क्यानडा विश्वकपका लागि छनौट भएका छन् ।

त्यस्तै एशिया कवालिफायरबाट ओमान र नेपाल छनौट भएका छन् । अब अफ्रीका क्वालिफायरबाट २ देश छनौट हुन बाँकी छ ।

टी(२० विश्वकप २०२४ को जुन ४ देखि ३० जुनसम्म अमेरिका र वेस्टइन्डिजमा हुदै छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका