जोडिनुहोस
  • होमपेज
  • यम बरालको हिस्टोरिकल सोलो लाइभ शनिबार

मनोरञ्जन

यम बरालको हिस्टोरिकल सोलो लाइभ शनिबार

  • Sagarmatha TV
  • शुक्रबार, कार्तिक १७, २०८०
यम बरालको हिस्टोरिकल सोलो लाइभ शनिबार

काठमाडौं – शनिबार काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा ‘यम बराल स् हिस्टोरिकल सोलो लाइभ इन कन्सर्ट’ हुने भएको छ । शोको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जानकारी दिएका छन् ।

करिब २५ वर्षपछि हुन लागेको एकल गायन साँझका लागि आफू उत्साहित रहेको गायक यम बरालले बताएका छन् । कार्यक्रमका लागि तयारी पूरा भएको र दुई चरणमा गरी भोलि २० देखि २५ वटासम्म गीतहरु लाइभ ब्याण्डमा प्रस्तुत गर्ने तयारी रहेको बरालले जानकारी दिएका छन् ।

लाइन्स क्लब अफ सिद्धार्थ एभरग्रिनसँगको सहकार्यमा हुन लागेको कार्यक्रमका लागि एक हजार र भीआईपीका लागि पाँच हजार रुपैयाँ टिकट शुल्क राखिएको छ ।

‘बादलुको घुम्टो’ गीतबाट स्थापित भएका गायक बरालले कार्यक्रमको पहिलो चरणमा सुगम संगीत र दोस्रो चरणमा फिल्मी तथा अन्य फास्टबिटका गीत प्रस्तुत गर्ने जनाइएको छ । बरालका निष्ठुरीले छाडेर गइहाली, अब चोटहरुले, मन रहे पो मायाप्रीति, तिम्रो हाम्रो चिनारी, माया बस्यो मुटुमा, दिलमाया दिलमायालगायत दर्जनौं गीत लोकप्रिय छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका