जोडिनुहोस
  • होमपेज
  • लगातार गुमायो नेपालले तीन विकेट, ५ रनमा सन्दीप आउट

लगातार गुमायो नेपालले तीन विकेट, ५ रनमा सन्दीप आउट

काठमाडौं : एसिसी प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा कुवेतविरुद्ध खेलिरहेको नेपालले लगातार तीन विकेट गुमाएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा नेपालले आरिफ शेखलाई १९ र दीपेन्द्रसिंह ऐरीलाई शून्य रनमा गुमाएको हो। त्यसपछि आएका सन्दीप ५ रन बनाएर आउट भए।उनले अघिल्लो खेलमा अलराउण्ड उत्कृष्ट प्रदर्शन गरेका थिए।

यसअघि कुशल मल्ल ५७, कुशल भुर्तेलले ४३, आसिफ शेखले ३१ रन बनाउँदा भीम सार्की एक रनमा आउट भएका थिए।

वर्षाका कारण प्रभावित खेल ४२ ओभरमा छोट्याइएको छ। ३६ दशमलब ३ ओभरको खेल सकिँदा नेपालले ६ विकेट गुमाउँदै २ सय ३१ रन बनाएर खेलिरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका