जोडिनुहोस
  • होमपेज
  • दुई कैदीको हत्या आरोपमा पाँच प्रहरीसहित १३ जनाविरुद्ध मुद्दा दर्ता

दुई कैदीको हत्या आरोपमा पाँच प्रहरीसहित १३ जनाविरुद्ध मुद्दा दर्ता

विराटनगर।सङ्खुवासभा सदरमुकाम खाँदबारीस्थित जिल्ला कारागारभित्र भएको दुई जना कैदीको हत्या आरोपमा प्रहरीसहित १२ जनाविरुद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता गरिएको छ ।

कैदीको हत्या प्रकरणमा संलग्न भएको पाइएका प्रहरी सहायक निरीक्षक (असई) सहित पाँच प्रहरी तथा चौकीदारसहित सात जना कैदीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरिएको विराटनगरस्थित कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरूविरुद्ध मुद्दा दर्ता गरी अनुसन्धानलाई थप अघि बढाइएको सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए । कारागारमा रहेको सीसीटीभी फुटेज अध्ययन तथा प्रत्यक्षदर्शीहरूको बयानका आधारमा घटनामा प्रहरी र केही कैदीको संलग्नता देखिएको जनाइएको छ ।

प्रारम्भिक अनुसन्धानपछि प्रहरीले ज्यान मार्ने मुद्दा दर्ता गरी थप अनुसन्धान सुरु गरेको जनाएको छ । दुई साताअघि भएको कुटपीटबाट कारागारमा रहेका सङ्खुवासभाका विनोद तोलांगी र नुवाकोट, ककनीका आकाश बलामीको मृत्यु भएको थियो ।

शौचालयको रड तोडेर राति कारागारबाट भाग्न खोज्दा ती दुई जना कैदीलाई प्रहरीले नियन्त्रणमा लिएका थिए । त्यसपछि उनीहरूमाथि कुटपिट भएको थियो ।

मृतकका आफन्त र अधिकारवादी संस्थाहरूले प्रहरीको यातनाका कारण उनीहरूको मृत्यु भएको भन्दै दोषीमाथि कारबाही गर्न माग गर्दै आएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका