जोडिनुहोस
  • होमपेज
  • जिरी च्याम्पियनसिपको उपाधि भरतपुर महानगरलाई

जिरी च्याम्पियनसिपको उपाधि भरतपुर महानगरलाई

दोलखा– जिरी च्याम्पियनसिप– २०८० अन्तर्गत बागमती प्रदेश अन्तरपालिका स्तरीय खुला पुरुष भलिबलको उपाधि चितवनको भरतपुर महानगरपालिकाले जितेको छ ।

युवा संजाल जिरी र जिरी नगरपालिकाको समन्वयमा जिरीमा भएको खेलमा मकवानपुरको थाहा नगरपालिकालाई पराजित गर्दै भरतपुर महानगरपालिका विजयी भएको हो ।

प्रतियोगितामा थाहा नगरपालिका उपविजेता बन्दा रामेछापको गोकुलगङ्गा गाउँपालिका तेस्रो भएको छ । यस्तै, रामेछापकै लिखु तामाकोसी गाउँपालिकाले सान्त्वना जित हात पारेको छ ।

प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो र सान्त्वना जित निकाल्ने टिमले क्रमशः एक लाख ५१ हजार, एक लाख एक हजार, ५१ हजार र २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । विजयी टिमलाई प्रतिनिधिसभा सदस्य गंगा कार्कीले पुरस्कार वितरण गरेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका