जोडिनुहोस
  • होमपेज
  • सर्भरमा समस्या आउँदा अधिकांश सरकारी वेबसाइट डाउन

सर्भरमा समस्या आउँदा अधिकांश सरकारी वेबसाइट डाउन

सोमबार देशैभरका अधिकांश सरकारी वेबसाइटका सर्भरहरु बन्द भएका छन् । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार सोमबारबिहान १० बजेदेखि नै अधिकांश सरकारी वेबसाइटहरु सञ्चालनमा आएका छैनन् ।

सरकारी वेबसाइटको डीएनस सर्भरमा समस्या आएकोले साइटहरु बन्द भएका हुन् । ‘हाम्रो सरकारी साइटहरुमा धेरै ट्राफिक आइरहेका छन् । यसको अर्थ हाम्रो साइटहरुमा कसैले आक्रमण गरिरहेको छ । हामीले अहिले ट्राफिक हटाउने काम गरिरहेका छौं । अत्यधिक ट्राफिक भएका साइट बाहेक अन्य साइट बिस्तारै खुल्दैछन्,’ केन्द्रका सूचना अधिकारी प्रवीण चौहानले भने । उनले सरकारी वेबसाइटहरुमा कहाँबाट आक्रमण भइरहेको भन्ने थाहा नभएको भन्दै भीपीएन प्रयोग गरेको हुन सक्ने बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका