जोडिनुहोस
  • होमपेज
  • भूकम्पले रुकुम पश्चिममा २ हजार १३६ घर पूर्ण क्षति

भूकम्पले रुकुम पश्चिममा २ हजार १३६ घर पूर्ण क्षति

शुक्रबार राति गएको भूकम्पले रुकुम पश्चिममा २ हजार १३६ घर पूर्ण क्षति भएका छन् । २ हजार ६४२ आंशिक र ४ हजार ६७० सामान्य क्षति भएका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक ९डिएसपी० नमराज भट्टराईका अनुसार प्रारम्भिक रुपमा संकलित विवरण अनुसार भूकम्पले रुकुम पश्चिममा २ अर्ब ४५ करोड ५ लाख रुपैयाँको क्षति भएको छ । क्षतिको विवरण संकलन भएकाले अझै बढ्न सक्ने उनको भनाइ छ ।

भूकम्पको कारण जिल्लामा ५२ जनाको मृत्यु भएको छ भने ३०९ जना घाइते भएका छन् । घाइतेमध्ये २७ जनालाई थप उपचारको लागि सुर्खेत, नेपालगञ्ज र काठमाडौं पठाइएको छ भने १७४ जना डिस्चार्ज भएका छन् । जिल्लाका विभिन्न अस्पतालहरुमा अहिले २६ को उपचार भइरहेको छ ।

जाजरकोटको बारेकोट गाउँपालिका(१ रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पले रुकुमपश्चिम आठविसकोट नगरपालिका, चौरजहारी नगरपालिका, सानीभेरी गाउँपालिका, मुसीकोट नगरपालिका, त्रिवेणी गाउँपालिका र बाफीकोट गाउँपालिकामा भौतिक संरचना मात्र क्षति भएको छ । आठविसकोट नगरपालिका र सानीभेरी गाउँपालिकामा मानवीय क्षति भएको छ ।

प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले खोज तथा उद्धारपछि भूकम्प प्रभावित र पीडितहरुलाई राहत वितरण सुरु भएको बताए । उनले जिल्ला विपद् व्यवस्थापन समितिले एकद्वार प्रणालीमार्फत राहत वितरणको काम गरिरहेको जानकारी दिए ।

विपद् व्यवस्थापन राहत सामग्रीहरु स्थानीय तह र वडाहरुमा हस्तान्तरण गरेर वितरण गर्ने प्रबन्ध मिलाइएको प्रजिअ पन्तले बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका