जोडिनुहोस
  • होमपेज
  • भारत सहित २७ अन्य देश र युरोपेली संघद्वारा एआई जोखिम सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय घोषणामा हस्ताक्षर

भारत सहित २७ अन्य देश र युरोपेली संघद्वारा एआई जोखिम सम्बन्धी पहिलो अन्तर्राष्ट्रिय घोषणामा हस्ताक्षर

न्यूयोर्क— भारत, तथा अन्य २७ देशहरू र युरोपेली संघद्वारा आर्टिफिसियल इण्टीलिजेन्स (एआई) सम्बन्धि जोखिमहरूको मूल्याङ्कन गर्न सँगै काम गर्ने वाचा गर्दै एक घोषणापत्रमा हस्ताक्षर गरेका छन् ।

उक्त घोषणामा हस्ताक्षर गर्ने देशमा अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चिली, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, आयरल्याण्ड, इजरायल, इटाली, जापान, केन्या, साउदी, अरेबिया, नेदरल्याण्ड, नाइजेरिया, फिलिपिन्स, कोरिया गणतन्त्र, रुवाण्डा, सिंगापुर, स्पेन, स्विट्जरल्याण्ड, टर्की, युक्रेन, संयुक्त अरब इमिरेट्स, बेलायत, उत्तरी आयरल्याण्ड, संयुक्त राज्य अमेरिका, र युरोपेली संघ रहेका छन् ।

एआईले ले मानव कल्याण, शान्ति र समृद्धिलाई रूपान्तरण र अभिवृद्धि गर्ने क्षमता राख्ने दाबी गरिएको छ । यो महसुस गर्न, हामी सबैको भलाइको लागि, एआई डिजाइन, विकास, तैनाती, र मानव केन्द्रित, भरपर्दो र जिम्मेवार हुने गरी सुरक्षित तरिकाले प्रयोग गर्नुपर्ने घोषणापत्रमा भनिएको छ।

घोषणापत्रमा आवास, रोजगारी, यातायात, शिक्षा, स्वास्थ्य, पहुँच, न्याय जस्ता दैनिक दिनचर्याका विभिन्न कार्यहरुमा एआई प्रणालीको महत्त्वलाई पनि उल्लेख गरेको छ र उनीहरूको प्रयोगले आरोहण हुने सम्भावना रहेको बताइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका