जोडिनुहोस
  • होमपेज
  • अफगान पत्रकारलाई पाकिस्तानबाट निष्काशन गर्दा उनीहरुको जीवन खतरामा

अफगान पत्रकारलाई पाकिस्तानबाट निष्काशन गर्दा उनीहरुको जीवन खतरामा

काबुल— पाकिस्तानी सरकारले अनाधिकृत अफगान आप्रवासीहरूको निष्काशनलाई लिएर रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) आपत्ति जनाएको छ । आरएसएफका अनुसार पाकिस्तानले यसरी देशबाट निकाला गर्दा २०० अफगान पत्रकारहरूको जीवन खतरामा रहेको बताएको छ

आरएसएफले अफगान आप्रवासीहरूलाई हटाउने पाकिस्तान सरकारको निर्णयको परिणामस्वरूप गम्भीर हिंसा उत्पन्न हुने बताएको छ ।

यो निष्कासन कार्यक्रम लागू भएपछि केही पत्रकारहरु डरलाग्दो अवस्थामा रहेका छन् ।

खामा प्रेसका अनुसार रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) ले पाकिस्तानी अधिकारीहरूलाई पत्रकारहरूलाई पाकिस्तानमा बस्न अनुमति दिन र उनीहरूको सुरक्षाको ग्यारेन्टी गर्न आग्रह गरेको छ ।

देशमा बसोबास गर्ने गैरकानुनी आप्रवासीहरूलाई देश निकाला गर्ने सम्बन्धमा आफ्नो निर्णयमा पुनर्विचार गर्न विभिन्न राष्ट्रहरूको दबाबको बाबजुद पाकिस्तान आफ्नो अडानमा परिवर्तन गर्न कुनै चासो देखाएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका