जोडिनुहोस
  • होमपेज
  • राजनीतिमा उतारचढाव आउने संकेत देखिराखेका छौं : सांसद घर्ती

राजनीतिमा उतारचढाव आउने संकेत देखिराखेका छौं : सांसद घर्ती

काठमाडौं । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीले राजनीतिमा उतारचढाव आउँछ कि भन्ने संकेत देखिएको बताएका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको सामान्य छलफलमा भाग लिंदै उनले यस्तो बताएका हुन । विगतमा पनि सरकारको अर्थ विधेयकमाथिको छलफलका क्रममा यस्तो तरंग पैदा हुने गरेको र यसपटक पनि भइराखेको उनको भनाइ छ ।

‘हामीले हरेक सरकारको विधेयकहरु (अर्थ विधयक)मा छलफल गर्दा राजनीतिमा पनि उतारचढाव आउँछ कि, आउँछ कि भन्ने प्रकारले एउटा तरंग पैदा भइराखेको हुन्छ र लाग्छ यही अधिवेशनमा पनि यो कुराको संकेत हामी देखिराखेका छौं ।’

तर, यसपटक कस्तो उतारचढाव आउने संकेत देखेको हो त्यसबारे विस्तृत ब्याख्या गरेनन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका