जोडिनुहोस
  • होमपेज
  • विश्व अर्थतन्त्रमा देखिएको प्रभावका बीच नेपालमा लगानीको वातावरण बनेको छ अर्थमन्त्री

विश्व अर्थतन्त्रमा देखिएको प्रभावका बीच नेपालमा लगानीको वातावरण बनेको छ अर्थमन्त्री

अर्थमन्त्री डा प्रकाशशरण महतले विश्व अर्थतन्त्र समस्या ग्रस्त बन्दै गएको अवस्थामा नेपालमा भने लगानीको वातावरण सिर्जना हुन थालेको बताएका छन्।

अर्थमन्त्री महतले काठमाडौंमा आयोजित २ दिने एसिया स्तरीय बैंकिङ सम्मेलनमा नेपालको जलविद्युत् क्षेत्रमा अन्तर्राष्ट्रिय दातृ निकायहरुले लगानीको प्रतिबद्धता गरेको बताएका हुन्।

‘अन्तराष्ट्रिय रूपमा नै अर्थतन्त्रले एक पछि अर्को समस्या झेलिरहेका छन्, जसबाट नेपाल पनि बच्न सकेको छैन्, तर यस्तो अवस्थामा पनि नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको प्रवल सम्भावना छ,’ अर्थमन्त्री महतले भने, ‘त्यसमा हाइड्रोपावर क्षेत्रमा लगानी सम्भावना राम्रो छ। भारतले नै १० हजार मेगावट विद्युत् खरिद गर्ने प्रतिबद्धता गरेसँगै विश्व बैंकले नेपालको जलविद्युत् क्षेत्रमा ठूलो प्रोजेक्ट गर्ने प्रतिबद्धता गरिसकेको छ।’

अर्थमन्त्री महतले काठमाडौंमा आयोजित दुई दिने एसियास्तरीय ‘एसियन बैंकर्स सम्मेलन’ मा नेपालको जलविद्युत् क्षेत्रमा अन्तर्राष्ट्रिय दातृ निकायले लगानी प्रतिबद्धता जनाएको बताएका हुन् ।

विश्व बैंक, एसियाली विकास बैंक जस्ता दातृ निकाय नेपालमा दुई ठूला जलविद्युत् परियोजनामा लगानी गर्न तयार रहेको उनले बताए । एसियन बैंकिङ कन्फरेन्सनमा उनले नेपालमा लगानी गर्न आह्वान समेत गरे।

उनले नेपालमा प्रत्यक्ष वैदेशिक लगानीको राम्रो सम्भावन रहेको र सरकार त्यसमा सहजीकरण गर्न तयार रहेको उनले बताए ।

‘अन्तराष्ट्रिय रूपमा नै अर्थतन्त्रले एकपछि अर्को समस्या झेलिरहेका छन्, जसबाट नेपाल पनि बच्न सकेको छैन, तर यस्तो अवस्थामा पनि नेपालमा एफडीआईको प्रबल सम्भावना छ,’ सम्मेलनमा अर्थमन्त्री महतले भने, ‘त्यसमा हाइड्रोपावर क्षेत्रमा लगानी सम्भावना राम्रो छ। भारतले नै १० हजार मेगावाट विद्युत् खरिद गर्ने प्रतिबद्धता गरेसँगै विश्व बैंकले नेपालको जलविद्युत् क्षेत्रमा ठूला परियोजनामा लगानी गर्ने प्रतिबद्धता गरिसकेको छ।’

अर्थमन्त्री महतले रसिया युक्रेन युद्ध, कसिलो मौद्रिक नीति र मुद्रास्फीतिको चपेटामा नेपालको अर्थतन्त्र कमजोर बन्न पुगेको बताए ।

‘उच्च ब्याजदरले ग्रोथमा संकुचन मात्रै भएको छैन, लगानीकर्ताको कन्फीडेन्ट पनि कमजोर भएको छ,’ अर्थमन्त्री महतले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका