जोडिनुहोस
  • होमपेज
  • मनाङ एयरको हेलिकप्टर लामाजुरामा दुर्घटनामा परेको खबर आएको छः अध्यक्ष लिखुपिके

मनाङ एयरको हेलिकप्टर लामाजुरामा दुर्घटनामा परेको खबर आएको छः अध्यक्ष लिखुपिके

काठमाडौं – सोलुखुम्बुबाट काठमाडौं आउँदा मंगलबार बिहान सम्पर्कविहीन भएको मनाङ एयरको हेलिकप्टर दुर्घटनामा परेको आशंका गरिएको छ।

सोलुखुम्बुको लिखुपिके गाउँपालिकाकी अध्यक्ष मीना कार्की बस्नेतले वडा नम्बर ५ लामजुराडाँडामा हेलिकप्टर दुर्घटना भएको खबर आएको बताइन्।

‘त्यहाँ होटल चलाउने एक जनाले फोन गरेर हेलिकप्टर दुर्घटनामा परेको बताउनु भएको छ,’ उनले भनिन्, ‘हेलिकप्टर क्षतविक्षत छ भन्ने छ। विस्तृत विवरण आएको छैन।’

आज बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको थियो।

हेलिकप्टरमा पाँच जना विदेशी र एक जना नेपाली छन्। पाइलट टेकबहादुर गुरूङ रहेको प्रजिअ भट्टराईले बताए। अन्य यात्रु भने मेक्सिकोका नागरिक रहेको उनले बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका