जोडिनुहोस
  • होमपेज
  • प्रदूषणले खतराको तह पार गरेपछि दिल्लीमा कृत्रिम वर्षा गराउनेसम्मको तयारी

प्रदूषणले खतराको तह पार गरेपछि दिल्लीमा कृत्रिम वर्षा गराउनेसम्मको तयारी

भारतको राजधानी नयाँ दिल्लीमा विगत केही दिनदेखि प्रदूषणको स्तरले खतराको तह पार गरेपछि दिल्ली सरकारले विभिन्न उपाय लागू गर्ने तयारी गरेको छ । सर्वोच्च अदालतले गाडीमा जोर बिजोर प्रणाली ठीक भएको समीक्षा गरेकाले दिल्लीमा अब जोर बिजोर लागू हुनेछ ।

यस्तै, वायु प्रदूषणसँग जुध्न यही नोभेम्बरको २० तारिखदेखि क्लाउड सिडिङमार्फत् कृत्रिम वर्षा गराउने योजना रहेको छ । दिल्लीका वातावरण मन्त्री गोपाल राईका अनुसार यातायात विभागलाई एपमा आधारित ट्याक्सी अर्थात् ओला–उबेरलाई ‘सर्वोच्च अदालतको आदेश अनुसार’ प्रतिबन्ध लगाउन निर्देशन दिइएको छ ।

सर्वोच्च अदालतले अस्ति मंगलवार दिल्ली सरकारलाई दिल्लीमा दर्ता भएका ट्याक्सीहरू मात्र सहरमा चल्न दिने विषयमा सोच्न सक्ने आदेश दिएको छ । दिल्ली बाहिरबाट एक जना मात्रै बोकेर ठूलो संख्यामा गाडी दिल्लीमा भित्रँदा प्रदूषण झन बढेको भन्दै सरकारले यसलाई रोक लगाउने तयारी गरेको छ ।

यस्तै, प्रदूषणको बढ्दो स्तरलाई ध्यानमा राख्दै, दिल्ली सरकारले डिसेम्बरको सट्टा आजदेखि १८ तारिखसम्म जाडो बिदाको समय तालिका बनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका