जोडिनुहोस
  • होमपेज
  • जलहरी प्रकरणमा मुछिएका ढकालविरुद्ध भ्रष्टाचार मुद्धा दर्ता

जलहरी प्रकरणमा मुछिएका ढकालविरुद्ध भ्रष्टाचार मुद्धा दर्ता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा मुद्धा दायर गरेको छ ।

अख्तियारले पशुपति मन्दिरमा जलहरी राख्नेक्रममा सुन हिनामिना गरेको आरोपमा पशुपति क्षेत्र विकास कोषका तत्कालिन सदस्य सचिव डा। प्रदीपकुमार ढकाल र तत्कालिन कोषाध्यक्ष मिलनकुमार थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगले उनीहरुले जलहरी राख्ने क्रममा एक किलो ४९१.७१८ ग्राम सुन हिनामिना गरेको भन्दै त्यसबापतको १ करोड १७ लाख १ हजार ७८१ रुपैयाँ ८५ पैसा भ्रष्टाचार गरेको आरोप लगाएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका