जोडिनुहोस
  • होमपेज
  • जुवा खेल्ने र खेलाउनेहरूलाई कडा कारवाही गर्न सरकार नचुकोसः रायमाझी

जुवा खेल्ने र खेलाउनेहरूलाई कडा कारवाही गर्न सरकार नचुकोसः रायमाझी

काठमाडौं। राजनीतिक विश्लेषक तथा लेखक प्रकाश रायमाझीले चार्डपर्वको अबसरमा जुवातास खेल्ने र खेलाउनेहरू माथी कडा कारवाही गर्न माग गरेका छन् । कानूनले छुन नसक्ने माफियाहरूको घरमा सधै जुवा अड्डा बन्दै आएको उनको आरोप छ ।

नेपालीहरूको महत्वपूर्ण चाडपर्व शुभदिपावली तथा छठको अवसरमा शुभकामना दिदैं रायमाझीले जुवातासको अड्डामा जुनसुकै ओहदाका व्यक्ति भएपनि प्रशासनले कारवाही गरेर साहस देखाउन आग्रह गरेका छन् ।

“जुनसुकै ओहदामा रहेका व्यक्ति किन नहोस उनी उपर कानूनी कारवाही हुनै पर्दछ । सर्वसाधारणलार्ई मात्रै ऐन कानुन भन्ने होइन । जुवातासको अड्डामा प्रशासनले कारवाही गर्ने साहस देखाउ नै पर्दछ ।”–उनले लेखेका छन् “कानूनले छुन नसक्ने माफियाहरूको घरमा सधै जुवा अड्डा बन्दै आएको छ । पथभ्रष्ट सुरक्षाकर्मीहरूले नै त्यस्ता जुवा खालको बचाउ गर्ने गरेको यथार्थलाई प्रशासनले अनदेखा गर्न मिल्छ ? ”

लेखक समेत रहेका रायमाझीले सर्वसाधारणलार्ई मात्रै कारबाही हुने गरेको भन्दै विभेदकारी नीतिले गर्दा सुरक्षाकर्मीहरूको मनोबल दिन प्रतिदिन गिर्दै गएको पनि विज्ञप्तीमा उल्लेख गरेका छन् ।

रायमाझीले यस्तै खालका विभिन्न कारणले प्रहरी संगठन प्रति नै आम नागरिकले हेर्ने दृष्ट्रिकोण र जनविश्वास पनि गुम्दै गएको टिप्पणी गरेका छन् । उनले चाडपर्वमा हुने सामाजिक विकृतिलाई हटायर शिष्टसालिन सभ्य वैदिक परम्परा जोगाउनु पर्नेमा जोड दिएका छन् । सांस्कृतिक एवं रमणीय चाडपर्वका अवसरमा हुने कालोबजारी नियन्त्रण गर्न सरकार नसकेको उनको तर्क छ ।

उनले लेखेका छन्–“भ्रष्टाचारमा व्यस्त रहेको प्रशासन नागरिकहरू प्रतिजवाफदेही बन्न सकेन । पूजासामग्रीहरूमा हानीकारक सामानहरु प्रयोग गरिरहेका छन् । सरकार आँखा चिम्लेर बसेको छ ।”

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका